back

सुदूरपश्चिम खेलकुद परिषद्को लापरबाही, नेपाल भलिबल संघलाई जानकारी नगराई मनोमानी ढंगले खेल सञ्चालन

nactional life

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदको लागि सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको छनोट प्रतियोगिताको लागि औपचारिक रुपमा खेलकुद परिषदले नेपाल भलिबल संघलाई समेत जानकारी नगराई मनोमानी ढंगले खेल सञ्चालन गरेको छ ।

नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्श समितिका संयोजक हरक सिंह धामीले बताएका छन्।

कुनै पनि संघ-संस्थाले भलिबल खेल सञ्चालन गर्दा नेपाल भलिबल सङ्घको नियम अनुसार आवश्यक पर्ने रेफ्रीको लागि औपचारिक रुपमा संघलाई जानकारी गराउनुपर्ने नियम रहेको सङ्घका वरिष्ठ उपाध्यक्ष धामीले बताएका छन्।

नेपाल भलिबल सङ्घको नियमअनुसार लाइसेन्स नवीकरण गरी अभिलेखीकरण गरिएका रेफ्रीहरूलाई मात्र नेपाल भलिबल संघले खेल खेलाउनका लागि अनुमति दिने गर्दछ सुदूरपश्चिम खेलकुद परिषद्ले आयोजना गरेको खेल २९ गते सम्पन्न महिला तर्फको खेल दार्चुला र बझाङको खेलमा लाइसेन्स नवीकरण नगरिएका र अभिलेखीकरण नाम उल्लेख नभएका रेफ्री विष्णु चौधरीले खेलाएको खेल पटकपटक विवाद भएपछि पाँचौं सेटमा विष्णु चौधरीलाई हटाइएको दार्चुलाका खेलाडीहरूले जानकारी गराएका छन्।

भलिबल सङ्घको अनुमति बिना खेल खेलाउने रेफ्रीहरूले विवाद सिर्जना गरेमा नेपाल भलिबल संघ जिम्मेवार नरहने वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्थ समितिको संयोजक हरक सिंह धामीले बताएका छन् नेपाल भलिबल सङ्घको स्वीकृति बिना मनोमानी ढङ्गले खेल खेलाउन गएका रेफ्रीहरूलाई सङ्घको रेफ्री खटनपटन तथा परिचालन सम्बन्धी निमावली बमोजिम आवश्यक कारबाही गरिने वरिष्ठ उपाध्यक्ष तथा रेफ्री कमिसन तदर्थ समितिका संयोजक हरकसिंह धामीले बताएका छन्।

महिलातर्फको सेमिफाइनल खेल दार्चुला र कैलाली बीच प्रतिस्पर्धात्मक खेलमा प्रथम रेफ्री घुमन चौधरी कैलालीका र दोस्रो रेफ्री प्रेमचन्द बैतडीका लाई एफआई भिएको नियम पालना नगरी लिबेरो परिवर्तनमा समेत नियमपूर्वक नगराई आफू खुसी नियम लगाई कैलालीलाई जिताउने उद्देश्यका साथ गलत निर्णय लिई दार्चुलाले बारम्बार गलत निर्णयको लागि अपिल गर्दा समेत कुनै अपिल नसुनी प्रथम रेफ्री घुमन चौधरीले कुनै अफिसियलसँग समन्वय नगरी आफू खुसी पहिलो कार्ड र रातो कार्ड दिई दार्चुलाको टिमलाई खेलबाट बाहिर गराई कैलालीलाई विजय घोषणा गराएको दार्चुलाका प्रशिक्षक तथा सुदूरपश्चिम भलिबल संघका उपाध्यक्ष जोशीले बताए ।

भलिबल सङ्घको ऐन नियम नियमावली विपरीत खेल खेलाउने रेफ्री विरुद्ध लिखित उजुरी दिएमा खेल खेलाउने रेफ्रीलाई संघको नियम अनुसार आवश्यक कारबाही गरिने वरिष्ठ उपाध्यक्ष तथा कमिसन तदर्थ समितिका संयोजक धामीले बताएका छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...