back

चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित देखिए : बसुन्धरा भुसाल

nactional life

काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा नि त्यस्तै छ । महिला र पुरुषमा भिन्नता देखाउनुहुन्न । धेरै चलचित्रहरु पुरुष चलचित्र बन्छन तर त्यसो हुनुहुन्न ।

किनकी पुरुषहरुलाई जन्माउने हामी नारी हौ नी । नारीहरुले संवेदनात्मक रुपमा पुरुषको भन्दा बढी दर्शक आकर्षण गर्छन् । सामाजिक चलचित्र बढी चलेका छन् ।’ उनले युवा वर्ग र महिलाहरु चलचित्र क्षेत्रमा आउन आग्रह गरेकी छिन् ।

उनले महिलाहरु हरेक क्षेत्रमा आउनुपर्ने भन्दै विशेसगरी चलचित्रको प्राविधिक क्षेत्रमा महिला क्यामेरा, सम्पादक कम भएको बताइन् । यस्तै, उक्त कार्यक्रममा बोल्दै कोरियोग्राफर, निर्देशक तथा निर्माता रेनशा बान्तवाले महिलाहरुले आफ्नो कमजोरी आफै प्रदर्शन गर्ने गरेको बताइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...