back

अष्ट्रेलियाले कोभिड बिरुद्द लड्न नेपाललाई  दियो ६३ करोड सहयोग

काठमाडौँ । अष्ट्रेलियाले नेपाललाई कोभिड–१९ महामारी बिरुद्द लड्न थप सत्तरी लाख अष्ट्रेलियाली डलर (करिब नेरु ६३ करोड ५० लाख) सहयोग प्रदान गर्ने जनाएको छ । यो रकम दक्षिण एसियाको उत्थानशीलता सबलिकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गर्ने १ करोड ७५ लाख अष्ट्रेलियाली डलर मध्येको एक अंश हो।

‘अष्ट्रेलियाको सहयोगले नेपालको कोभिड–१९ महामारी बिरुद्द लड्ने क्षमतामा थप टेवा पुग्ने छ र यो प्रादेशीक अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु र स्वास्थ्यकर्मीहरु लाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु खरिद गर्न उपयोग गरिनेछ।’ विज्ञप्तिमा छ ।

यो रकम नेपालका बिभिन्न क्षेत्रहरुमा समुदाय स्तरमा हाल सकृय बिश्वसनिय साझेदार संस्थाहरुलाई अमेरीकी, जापानी र बेलायती लगायतका दातृ निकायहरु र संयुक्त राष्ट्र संघिय निकायहरुले गरिरहेका कामहरु संगको समन्वयमा प्रदान गरिने विज्ञिप्तिमा उल्लेख छ।

सहयोगको घोषणा गर्दै अष्ट्रेलियाली राजदुत फेलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अति प्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको छ बताए ।
“अष्ट्रेलिया र नेपालको लामो समयदेखि मित्रता रहेको र बिपद्का समयमा एक आपसमा सहयोग गर्ने ईतिहास रहेको छ । कोभिड(१९ ले नेपाल र यस क्षेत्रमा पारेको विनाशकारी प्रभावबाट अष्ट्रेलिया चिन्तित भएको छ । यो सहयोगका माध्यमबाट हामी नेपाल सरकारको स्वास्थ्य आवश्यकाताहरु पुरा गर्न सहकार्य गर्ने, र क्षेत्रिय अस्पतालहरु र जोखीमपूर्ण समुदायहरुलाई सहयोग गर्न कृयाशील रहनेछौं”। “अष्ट्रेलियाली सरकार र जनताले नेपालीहरुलाई आफ्नो मन र मष्तिष्कमा सम्झिरहेका छन्” ।

२०७८ जेठ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...