back
Naima

सुनरा ‘के फाइभ’ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा. लि. ले सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले सुनरा K5 को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरेका थिए।

सुनरा K5 मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुन्छ र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा K5 को एमआरपी रु. १,८९,९०० राखिएको छ।

इटालिया मोटरवर्क्सले सुनरा K5 सँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो-एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ८० किलोमिटर प्रति घण्टाको टप स्पीड उपलब्ध छ। यसको एमआरपी रु. ३,७९,९०० रहेको छ भने रु. ६०,००० छुट सहित यो अहिले रु. ३,१९,९०० मा उपलब्ध छ।

ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको एमआरपी रु. ३,१७,९०० रहेको छ भने रु. ५८,००० छुट सहित यसलाई रु. २,५९,९०० मा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण रु. २,३६,९०० को एमआरपीमा रु. ३७,००० छुट सहित रु. १,९९,९०० मा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ६५ किलोमिटर प्रति घण्टाको स्पीड प्रदान गर्दछ।

इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याउँदै ग्राहकहरूलाई सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ। कम्पनीको सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले भने, “सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएका छन्। यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ।”

अधिक जानकारीका लागि इटालिया मोटरवर्क्सको शोरुममा भ्रमण गर्नुहोस् वा ९८०१२३९९३६ मा सम्पर्क गर्नुहोस्। यसैगरी, ईमेल मार्फत [email protected] मा पनि जानकारी लिन सकिनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

नाईमा एक्स्पोमा १८ लाखदेखि ४ करोडसम्मका गाडी, बिवाइडी र टाटा पन्च इभीमा ग्राहकको भिड

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:२२

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हल सिँगारिएका नयाँ गाडीहरू र तिनलाई...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...