back
Naima

३ पाङ्रे इलेक्ट्रिक कार लञ्च: के-के छ सुविधा?

आधुनिक ड्यासबोर्ड, ग्लोभ बक्स, ब्लुटुथ कनेक्टिभिटी सहितको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टेयरिङ ह्वीलमा माउन्टेड कन्ट्रोल बटन, एडजस्टेबल हेडल्याम्प र १६ इन्चको स्पिकर रहेको छ।

काठमाडौं । भारतकाे पुणेस्थित इलेक्ट्रिक कार कम्पनी जेन्सोल ईभीको तीन पाङ्ग्रे इलेक्ट्रिक कार “इजियो”ले राम्राे चर्चा कमाएको छ।

जेनसाेल ईभीले आफ्ना दुई विद्युतीय सवारी साधन इजियाे (विद्युतीय कार) र इजिबाेट (कार्गो सवारी साधन) लिएर घरेलु बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ। इजियो एउटा सानो तीन पाङ्ग्रे विद्युतीय कार हो भने इजिबोटलाई कार्गो गाडीको रूपमा डिजाइन गरिएको छ।

इजिबोट व्यवसायको लागि प्रयोग गरिने सवारी साधन हाे। ईटी अटोमा सार्वजनिक रिपोर्ट अनुसार कम्पनीले यी दुवै गाडीका लागि ३०,००० युनिटको प्रि-अर्डर प्राप्त गरिसकेको छ। कम्पनीका अनुसार इजियोलाई यस वर्षको दोस्रो आधा (जुलाईदेखि डिसेम्बर)मा लन्च गर्ने योजना बनाइएको छ। यो पहिले बेंगलुरुमा र त्यसपछि दिल्ली लगायतका शहरहरूमा सार्वजनिक गरिनेछ।

 

कार्गो भेरियन्ट इजिबोट अर्को वर्ष २०२६ सम्ममा बजारमा ल्याउने कम्पनीकाे योजना छ। जेन्सोल ईभीले यी सवारी साधनहरूको परीक्षण अत्यधिक मौसममा गरिएको बताएको छ। यी गाडीहरूलाई भारतकाे जैसलमेरको चर्को गर्मीदेखि पश्चिमी घाटकाे मनसुन ऋतुसम्ममा चलाइएको छ।

यी दुवै कारमा एलएफपी (लिथियम आइरन फस्फेट) ब्याट्री प्रयोग गरिएको छ। कम्पनीले हाम्रो ब्याट्रीमा ३,००० चार्ज साइकल रहेको बताएको छ । यसअघि, यस कारमा ८००-१,००० चार्ज साइकल हुन्थ्यो। यो फ्लीट अपरेटरहरूको लागि महत्त्वपूर्ण छ किनकि यसले लामो समयसम्म प्रयोग गर्ने जीवनचक्र प्रदान गर्दछ।

इजियो इलेक्ट्रिक कार कस्तो छ?

यो तीन पाङ्ग्रे विद्युतीय कार हो। यस कारकाे अगाडि दुई वटा र पछाडि एउटा पाङ्ग्रा रहेकाे छ । यस कारकाे लम्बाइ ३०३५ मिमी, चौडाइ १५५० मिमी, उंचाइ १६७५ मिमी छ र यसको ह्वीलबेस २०५० मिमी दिइएकाे छ। यो कारमा २५० लिटरको बुट स्पेस दिएकाे कम्पनीले दाबी गरेकाे छ । यो कारमा जम्मा दुई जना अट्ने सिट व्यवस्था छ।

पावर, परफर्मेन्स र रेन्ज

कम्पनीले जेन्सोल इजियोमा १४.५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरेको छ जुन १६.७ kWh क्षमताको लिथियम आइरन फस्फेट ब्याट्रीमा जडान गरिएको छ। यो कारको उच्चतम गति प्रतिघण्टा ८० किलोमिटर छ र एक पटक चार्ज गर्दा यो कारले २०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिने कम्पनीले जनाएकाे छ। यस कारमा मोनोरुफ पनि प्रदान गरिएको छ ।

कम्पनीले यो कारको ब्याट्री द्रुत चार्जबाट मात्र २ घण्टामा चार्ज गर्न सकिने बताएको छ। ढिलो चार्जरको साथमा भने याे कारकाे ब्याट्री पूर्ण रूपमा चार्ज हुन लगभग ५ देखि ६ घण्टा लाग्छ।

क्याबिन कस्तो छ?

यस कारको अगाडि दुईवटा सिट मात्र छन्। यद्यपि, कम्पनीले आकार अनुसार क्याबिन फराकिलो बनाउन हरसम्भव प्रयास गरिएको छ। यसमा आधुनिक ड्यासबोर्ड, ग्लोभ बक्स, ब्लुटुथ कनेक्टिभिटी सहितको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टेयरिङ ह्वीलमा माउन्टेड कन्ट्रोल बटन, एडजस्टेबल हेडल्याम्प र १६ इन्चको स्पिकर रहेको छ।

डेलिभरीको भविष्य

कार्गो गाडी इजिबोट भविष्यमा डेलिभरी गाडीको रूपमा धेरै उपयोगी साबित हुने कम्पनीको दाबी छ। अधिकतम सामान राख्ने व्यवस्था गरिएको यस सवारीलाई भ्यानको रूप दिइएको छ। यसको लम्बाइ ३५०० मिमी र चौडाइ १५५० मिमी तथा उंचाइ १८४६ मिमी रहेकाे छ। यो कार्गो भ्यानमा २,१०० मिमीको ह्वीलबेस छ । यस ह्वीलबेसले क्याबिन भित्र राम्रो ठाउँ प्रदान गर्न मद्दत गर्दछ। यसको अगाडि दुईवटा सिट छन् भने पछाडिको भागलाई पनि चालकको आवश्यकता अनुसार अनुकूलित गर्न सकिन्छ।

यसमा पनि कम्पनीले १४.५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरेको छ जुन १६.७ kWh क्षमताको लिथियम आइरन फस्फेट ब्याट्रीमा जडान गरिएको छ। यो कार्गो भ्यानले एक पटक चार्ज गर्दा २०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीकाे भनाइ छ। यसको ब्याट्री पनि केवल २ घण्टामा पूर्ण रूपमा चार्ज हुन्छ । सुस्त चार्जरमा भने ब्याट्री पूर्ण रूपमा चार्ज हुन करिब ५ देखि ६ घण्टा लाग्छ। एजेन्सी ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३६

काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन,...

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

जीओ अटोमोबाइल्स र ई ड्राइभ लुम्बिनीबीच सम्झौता

वि.सं.२०८३ साउन २८ बिहीवार १९:०१

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ...

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : नाडा अध्यक्ष

वि.सं.२०८३ साउन २८ बिहीवार १३:३९

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ...

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी

वि.सं.२०८३ साउन २७ बुधवार १८:५८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

नाईमा अटो एक्स्पोमा डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक: पहिलो ५० जनालाई ५ लाख छुट

वि.सं.२०८३ साउन २७ बुधवार १५:३५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि आयोजना भइरहेको नाईमा...

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

नाइमा एक्स्पोमा टाटा पन्च ईभी फेसलिफ्टको डेब्यु : के छन् नयाँ विशेषता ?

वि.सं.२०८३ साउन २७ बुधवार १५:२६

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित नयाँ...