back

६ महिनामा वीरगञ्ज नाकाबाट निर्यात शतप्रतिशत बढ्यो

वीरगञ्ज। वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए ।‘‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’’ उनले भने ,‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’’

गत आवको छ महिनामा यो नाका हुँदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवको सोही अवधिमा निर्यात गरेवापत भने रु १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।

वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने रु दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

स्मार्ट टेलिकम लिलामी प्रकरण: सीआईबीको एक्सन, एनसेलबाट कागजात कब्जा

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:५९

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन...

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

करेन्ट र लाली चाउचाउ सहित ज्याक न्याक बिस्कुट गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न सरकारको कडा आदेश

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:०८

काठमाडौं । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:११

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा...

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

५ अर्ब लगानी रहेको जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउँदै

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३४

काठमाडौं । आइएमई समूहले कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी...

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

सागर डिष्टिलरीको घाटा ३ करोड ५३ लाख रुपैयाँ पुग्यो

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५१

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...