back
himalayan life

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीको सहभागितामा यही जेठ १ र २ गते महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो ।

महासंघका अनुसार हाल देशका सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० साधारण सदस्य आबद्ध रहेका छन् । महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको महासंघले जनाएको छ ।

सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी क्षेत्रसम्मका प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ । महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ । विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सहित तथा सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ ।

यस्तै, प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, १४ संस्थापक संस्थाबाट एक/एक जना प्रतिनिधि, बागमती प्रदेशबाट थप पाँच जना तथा अध्यक्षबाट समावेशिताका आधारमा पाँच जना मनोनीत गर्ने व्यवस्था रहेको महासंघले जनाएको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृह मा हुनेछ । त्यसअघि जेठ १ गते कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ ।

महासंघले मोबाइल व्यवसायीका समस्या राज्यसमक्ष पु¥याउँदै देशको अर्थतन्त्र उकास्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...