back
himalayan life

रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

तालको चारैतिर रहेका छाँयानाथ, चंखेली ,मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको छ ।

मुगु । चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो ।

दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ ।

हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ महिनाको पहिलो सातामा परेको हिमपातपछि मौसममा सुधार आएपछि पर्यटकहरु झुम्किएका हुन् । खुल्ला आकास, निलो रंगमा टल्किरहेको रारा अनि आसपास दुई फिट भन्दा बढी हिउँ जमेकाले पर्यटकलाई रोमान्चक बनाएको छ । तालको विभिन्न कोणबाट देखिने हिमालका दृश्य अवलोकनसँगै भिडियो, फोटो खिच्न, टिकटक बनाउन र नाचगान गर्न पर्यटकहरु रारा उक्लिने गरेका छन् ।

‘फिल्म, यूटुवमा सेताम्मे डाँडाकाँडा, हिउँ भएको रारामा भिडियो वा फोटाहरुमा हेरेको थिएँ । जीवनमा पहिलोपटक रारा ताल देख्न पाइयो । साथीहरुसँग रमाउन पाउँदा स्वर्गीय आनन्द भइरहेको छ,’पर्यटक विक्रम यादवले भने । उनले एक हप्तासम्म रारा घुम्नको लागि प्याकेज, सोही अनुसारको संरचनाको विकास गर्न सके स्थानीयले राम्रो आम्दानी लिनसक्ने उनको बुझाइछ ।
चिसोको कारण रारा घुम्ने सिजन नभएपनि हिजोआज हिउँ परेर, आकाश खुल्ला हुँदा पर्यटकहरुको भीड बढेको हो । तर आएका पाउनाहरु रारामा नबसी फर्कने गरेकाले होटल ब्यवसायहरु घाटामा रहेको होटल व्यवसायी कुल बहादुर रोकायाले बताए ।

छायाँनाथ रारा नगरपालिका–८ मा रहेको रारा १ सय ८ वर्ग किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ । तालको अधिकतम लम्बाई किलोमिटर र चौडाई ३.२ किलोमिटर गहिरो १ सय ६७ मिटर रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटर रहेको क्षेत्रफलले राराको सौन्दर्यतालाई जोगाइ राखेको छ । हिउँमा रमाउनको लागि सदरमुकाम गमगढी बजार ,मुर्मा ,तुम, झ्यारी, टोप्ला, पिना, सोरु ,खत्याडमा रहेका दर्जनै स्थानबाट आन्तरिक पर्यटक रारा पुगिरहेका छन् । छिमेकी जिल्ला जुम्ला दाङ्ख, दैलेख, सुनसरीबाट दैनिक ५०–६० जना आन्तरिक पर्यटकहरु रारा पुगिरहेका छन् ।
हिँउ खेल्न धेरै आन्तरिक पर्यटकहरु आउर्ने गरेका छन् । ६ महिलामा घुम्न आउने आन्तरिक तथा बाह्य गरी ५७ सय पर्यटकले रारा घुमेका छन् भने एकसय ३० जना जना पर्यटक रारा पुगेका छन् । उक्त अवधीमा १७ लाख ८० हजार राजश्व संकलन भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका सुचना अधिकारी धर्मजित सावतले बताए ।

तालको चारैतिर रहेका छाँयानाथ, चंखेली ,मुर्माटप, चुचेमारा, हिमालमा रहेको सेताम्मे हिमालका दृश्यसँगै तालको किनारमा रहेका धुपी, सल्लाका झाडीमा हिउँ सेताम्मे कपास फुलेको जस्तो देखिैदा यहाँको सौन्दर्यता बढेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा

वि.सं.२०८३ असार ३ बुधवार १८:३५

काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण...

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२१

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने...

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

पोखराको आकाशमा ‘फ्लाई दुबई’—पर्यटन र आर्थिक समृद्धिको नयाँ क्षितिज उघारिँदै

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:४९

पोखरा । गण्डकी प्रदेशको राजधानी एवं मुलुकको प्रमुख पर्यटकीय राजधानी...

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

 आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

वि.सं.२०८३ जेठ २१ बिहीवार १०:३९

इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला...

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना 

वि.सं.२०८३ जेठ २० बुधवार १०:३४

इलाम । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो...

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२४

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ...