back

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

‘लामो समयदेखि आईपीओ निष्काशनको अनुमति पाएको छैन । सेबोनमा अर्बौको आइपीओ अड्किएर बसेको छ तर निष्कासन अनुमति नपाउँदा हामी समस्यामा परेका छौँ ।’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा परेको बताएका छन् ।

शुक्रबार इप्पान रजत जयन्ती समारोहमा बोल्दै (इप्पान) का अध्यक्ष गणेश कार्कीले यस्तो बताएका हुन् ।

आइपीओ निष्कासनको अनुमतिका लागि प्रधानमन्त्रीलाइ निर्देशन दिन अध्यक्ष कार्कीले आग्रह गरेका छन् । कार्कीले भने, ‘लामो समयदेखि आईपीओ निष्काशनको अनुमति पाएको छैन । सेबोनमा अर्बौको आइपीओ अड्किएर बसेको छ तर निष्कासन अनुमति नपाउँदा हामी समस्यामा परेका छौँ ।’

उर्जामा नेपालले फड्को मारेको बताउँदै उनले अगाडी भने, ‘हिजोका दिनमा हामीले उत्पादन गरेका बिजुली खपत हुन्छ कि हुदैन भनेर चिन्तित हुनुपर्ने स्थिति थियो । अब हामीले हाम्रै बिजुली प्रयोग गर्ने र खपत हुनेमा ढुक्क बन्ने वातारण बनिरहेको छ ।’ हाम्रोमा खपत गरेर बढि भएको बिजुली भारतमा निर्यात गर्ने कार्य भईरहेको सकारात्मक रहेको उनले बताए ।

‘कार्कीले भने, जलविधुतका काम गर्न नीतिगत अफ्ठ्यारालाई सहज बनाउनु पर्छ । विधुत विधेयकमा त्रुटि छ । भोलि निजी क्षेत्रले प्रतिस्पर्धा गर्न नसक्ने हुन कि भन्ने डर भईरहेको छ । बनिरहेका र साना आयोजनाहरु समस्यामा पर्ने हुन कि भन्ने हामीमा भईरहेको छु’।

जलविद्युत मा कम्तिमा २० प्रतिशत लगानी थप हुनुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे । उनका अनुसार नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५०० मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत उत्पादन भइसकेको छ ।

यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन रहँदा ४ हजार ३०० मेगावाट क्षमताका आयोजनाहरु पीपीए सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

१२ हजार ९६५ मेगावाट क्षमताका आयोजनाहरु अध्ययन सकेर विद्युत खरिद विक्री सम्झौताको पर्खाइमा छन् । यी मध्ये पनि ८० प्रतिशतभन्दा धेरै आयोजना निजी क्षेत्रले नै विकास गरिरहेको छ ।

उनले भने, ‘बाढी पहिरो आउँदा निर्माणाधीन आयोजनामा पनि क्षति पुगेको छ । महिनौ सम्म बाटो मर्मत गर्न सकिएन, आधा निर्माण सकिएका संरचना बगे, भारतबाट बिष्फोटक पदार्थ आयातमा कडाई भयो, यी बाहिरी कारणले आयोजना निर्माणमा ढिलाई भइरहँदा पनि नेपाल विद्युत प्राधिकरणले आरसीओडीमको म्याद थप गर्न मागिथरहेका छौ, अझै भएको छैन ।

nactional life
Corporatebazar 11 Anniversary

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

वि.सं.२०८३ वैशाख १० बिहीवार १०:००

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्ष...

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न नेप्सेसँग सम्झौता गर्ने कम्पनीको संख्या ७ पुग्यो

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:४९

काठमाडौँ । बुक बिल्डिङ निर्देशिका बमोजिम प्राथमिक शेयर (IPO) निष्कासनका लागि...

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

नेप्सेमा झिनो गिरावट, कारोबार रकममा भने उत्साहजनक सुधार

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३८

काठमाडौँ । पुँजी बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको...