back

‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धी तालिम भव्य रुपमा सम्पन्न

काठामाडौं । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले आयोजना गरेको ‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धि दुई दिने तालिम भव्य रुपमा सम्पन्न भएको छ ।

काठमाडौंको दरबारमार्गमा रहेको होटेल रोयल सिङ्गीमा बुधबार र बिहीबार आयोजित उक्त तालिममा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका ५० जनाबढी कर्मचारीले तालिम लिन सफल भएका हुन् ।

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई मरिन इन्स्योरेन्स सम्बन्धि ज्ञान तथा क्षमता बढाउने उदेश्यले उक्त दुई दिने तालिम सञ्चालन गरिएको हो ।

नेपाली बीमा क्षेत्रका कर्मचारीहरुलाई मरिन इन्स्योरेन्स सम्बन्धि आवश्यक तालिम दिएर आयोजक संस्थाले कर्मचारीहरुको ज्ञान तथा क्षमता बढाउँन ठूलो महत्वपूर्ण भुमिका निर्वाह गरेका छन ।

बुधबार बिहान नौ बजेदेखि सुरुवात गरिएको तालिममा प्रमुख अतिथीको रुपमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहेका थिए । साथै, विशेष अतिथीको रुपमा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा प्रोफेसर डा। फत्त बहादुर केसी, आयोजक संस्थाका कर्मचारी, निर्जीवन र पुनर्बीमासहितको सहभागिता रहेको थिए ।

प्रिफर्ड पार्टनस् इन्स्योरेन्स ब्रोकर (इण्डिया) का एक्सक्युटिभ डाइरेक्टर तथा सीईओ सामीरान लाहीरीले मरिन इन्स्योरेन्स वर्कशप सम्बन्धि तालिम दिएका थिए ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी चंकी क्षेत्री र आयोजनक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पुर्व कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतका समहभागीता समेत रहेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

८०० रुपैयाँले घट्यो सुनको मूल्य

८०० रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८३ वैशाख ९ बुधवार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ...

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:५०

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य...