back

नेपाली बजारमा टेक्नो फ्यान्टम भी फोल्ड 2 5G फोल्डेबल फोन सार्वजनिक

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले ‘टेक्नो फ्यान्टम भी फोल्ड 2 5G’, नेपाली बजारमा सार्वजनिक गरेको छ।

फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

याे फाेनमा ५७५० एमएएच(5750mAh) क्षमताको ब्याट्री र ७० वाट (70W) फास्ट चार्जिङ दिइएकाे छ। १५ वाट (15W) वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड 2ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ। खोलिएको अवस्थामा ७.८५ इन्चको 2K+ AMOLED स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि ६.४२ इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।

मिडियाटेक डाइमेन्सिटी ९०००+५जी(Mediatek Dimensity 9000+ 5G) चिपसेटद्वारा संचालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्ने कम्पनीकाे भनाइ छ। यस फाेनमा ५० एमपी (50MP) मुख्य क्यामरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्स पाउन सकिनेछ। यसका साथै, चार लाख पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको कम्पनीकाे दाबी छ।

टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको बताएकाे छ। किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने र नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको छ।

nactional life
Corporatebazar 11 Anniversary

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

नौ महिनामा साढे ३३ अर्बको स्मार्टफोन आयात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:२२

काठमाडौं । नेपालमा स्मार्टफोनको आयातमा निकै उत्साहजनक वृद्धि देखिएको छ...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...