प्रधानमन्त्री ओलिद्वारा मर्क्युर होटेलको उद्धघाटन
वि.सं.२०८१ माघ २ बुधवार
काठमाडौ । काठमाडौं स्थित मर्क्युर होटेल सुकेधारामा आजदेखि सञ्चालनमा आएको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्धघाटन गरि होटलको सेवा सुविधा सञ्चालनमा ल्याएको हो ।
प्रधानमन्त्री ओलीले उद्धघाटन समारोहमा बोल्दै नेपाल र फ्रान्सको समन्ध बहुआयामिक रहेको बताउदै यो होटल व्यवसायले यसलाई अझ मजबुद बनाउने बताए ।
प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा मर्क्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताए ।
प्रकाशित समय : १५:१६ बजे


















