इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८१ माघ २ बुधवार
काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कमपनीले सभामा बीमा क्षेत्रको विकासका लागि नयाँ योजना र सुझावहरू प्रस्तुत गर्दै, वार्षिक प्रतिवेदन पारित गरिएको थियो।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा तालिम, दाबी भुक्तानीमा ढिलाइ लगायतका विषयमा अनुसन्धान गर्न निर्देशन दिएका थिए।
अध्यक्ष दाहालले बीमा क्षेत्रको स्तरोन्नति र सुधारका लागि बीमा सर्भेयर र अभिकर्तालाई अनिवार्य तालिम दिने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसबारे अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए। उनले बीमा तालिमलाई विकेन्द्रीकरण गरी देशभरका सर्भेयर र अभिकर्तालाई सहज बनाउने दिशामा आईआईएनले काम गर्नुपर्ने सुझाव दिएका थिए।
आईआईएनका अध्यक्ष दीप प्रकाश पाण्डेले संस्थाले बीमा क्षेत्रमा विशेषज्ञता विकास र तालिमका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी दिए।
प्रकाशित समय : १३:५७ बजे





















