back

प्राधिकरणले एक महिनामा क्यौता नतिर्ने  १९ हजार बढी ग्राहकको लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काटिएको छ ।

प्राधिकरणले एक महिनाको अवधिमा ७२ करोड बढी बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको हो । प्राधिकरणले गत पुस २ गतेदेखि २८ गतेसम्म आइपुग्दा ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका बक्यौता बाँकी रहेका १९ हजार २३२ ग्राहकको लाइन काटेको हो ।

सबैभन्दा धेरै लाइन मधेश प्रदेश प्रादेशिक कार्यालय जनपुरमा ६ हजार ३६८ साना ग्राहकको लाइन काटिएको प्राधिकरणले जनाएको छ । सो कार्यालय मार्फत १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता बाँकी छ ।

यस्तै, कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरले पनि ३ हजार २९१ ग्राहकको लाइन काटेको हो । सो कार्यालय मार्फत उठ्न बाँकी बक्यौता ३ करोड ५९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

सबैभन्दा धेरै बक्यौता भने लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मार्फत देखिएको छ । सो कार्यालय मार्फत ३८ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको बक्यौता बाँकी छ । सो अवधिमा कार्यालयले भने २ हजार ४४० साना ग्राहकको लाइन काटेको छ ।

बागमती प्रादेशिक कार्यालय काठमाडौंले पनि १ हजार ५४८ वटा ग्राहकको लाइन काटेको छ। सो कार्यालय मार्फत ३ कराड १० लाख २२ हजार रुपैयाँ बक्यौता बाँकी छ ।

यस्तै, बागमतीमा भने प्रदेश डिभिजन कार्यालय हेटौंडा मार्फत ७०४ वटा ग्राहकको लाइन काटिएको छ । सो कार्यालय मार्फत २ करोड ५९ लाख ५१ हजार रुपैयाँ बाँकी छ ।

समिक्षा अवधिमा सुदुरपश्चिम प्रादेशिक कार्यालयले ८८८ वटा, कर्णालीले १ हजार ११२,प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले १ हजर ६३३, प्रादेशकि कार्यालय पोखराले १ हजार २४८ वटा ग्राहकको लाइन काटेको छ ।

झन्डै २३ करोड बक्यौता तिरेपछि १४ हजार ग्राहकको लाइन जोडियो

सो अवधिमा १४ हजार बढी ग्राहकले झन्डै २३ करोड बक्यौता तिरेपछि लाइन जोडिएको छ । प्राधिकरणका अनुसार सो अवधिमा २२ करोड ८४ लाख ५९ हजार रुयैयाँ बक्यौता तिरेका छन् । बक्यौता तिरेपछि १४ हजार १११ ग्राहको विद्युत लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

यद्यपि, ५ हजार १२१ ग्राहकको लाइन जोड्न बाँकी छ । उनीहरुको ४९ करोड ४७ लाख रुपैयाँ बराबरको बक्यौता बाँकी छ । सो बक्यौता तिरेपछि लाइन जोडिने प्राधिकरणले जनाएकोछ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता प्रादेशिक कार्यालय जनकपुर मार्फत ८ करोड २५ लाख ९४ हजार रुपैयाँ उठेको छ । सो क्षेत्रका ३ हजार ७६८ ग्राहको लाइन जोडिएको छ । यस्तै, ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता तिरेपछि विराटनगर क्षेत्रका २ हजार ८४२ ग्राहकको लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, बागमती प्रादेशिक कार्यालय अन्तर्गतका १ हजार २६९, पोखराका १ हजार ५४, बुटवलका २ हजार १५१, नेपालगञ्जका १ हजार २३६, हेटौंडाका ४६७, सुर्खेतका ८२१ र अत्रिया सुदुरपश्चिमका ५०३ वटा ग्राहकको लाइन जोडिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...