back

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणी ब्रान्ड भिभाले नवीन डिजाइन, उच्च प्रदर्शन र उचित मूल्यको अद्भुत संयोजनसहितको भिभो भि ४० सिरिजद्वारा उत्कृष्टताको नयाँ युगको सुरुवात गरेको छ ।

भि ३० श्रृंखलाको अभूतपूर्व सफलतालाई कायम राख्दै भिभोले भि४० सिरिजलाई नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ प्रस्तुत गरको छ ।

शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म ०% ईएमआई सुविधाको साथ, भिभोले अत्याधुनिक प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।

भिभो भि४० नेपालको पहिलो जाइस् क्यामेरा स्मार्टफोन हो, जसले यसलाई फोटोग्राफी उत्साहीहरूका लागि अत्यावश्यक बनाएको छ । यसमा १/१.५६ इन्चको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ, जस्ले यसलाई उत्कृष्ट लो–लाइट प्रदर्शनका लागि सक्षम बनाउँछ । यसको इमर्सिभ ६.७८ इन्च एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र ४५०० निट्सको पिक ब्राइटनेस सहित प्रत्यक्ष सूर्यको प्रकाशमा पनि शानदार दृश्य अनुभव प्रदान गर्दछ ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ र १२ + १२ जीबीको एक्सटेन्डेड र्‍यामले सिमलेस मल्टिटास्किङ र उत्कृष्ट प्रदर्शनको सुनिश्चित गर्दछ । साथै, यसमा रहेको विशाल ५५०० एमएएच ब्लूभोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्जले दिनभरको पावर र कनेक्टिभिटी सुनिश्चित गर्दछ, भने आईपी ६८/६९ रेटिङ ले धुलो र पानीविरुद्धको टिकाउपन प्रदान गर्दछ ।

निलो र सेतो मिसावटले चन्द्रमा जस्तै चम्किलो सेतो र बैजनी रङको नेबुला पर्पल, यी दुई आकर्षक रङहरूमा उपलब्ध यो उपकरणले सौन्दर्य र कार्यक्षमताको अद्वितीय संयोजन प्रस्तुत गर्दछ, जसले उपभोक्ताहरूलाई सहजै मोहित पार्दछ ।

स्टाइल र बजेट सचेत उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दै, भिभो भी४० लाईटले परिष्कृत डिजाइन र उन्नत प्रविधिको सन्तुलन प्रस्तुत गर्दछ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भुत बनाइदिन्छ ।

यसबाहेक, फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्दछ ।

अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र भिभोेको आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथ भिभो भी४० लाईटको इमर्सिभ ६.६७ इन्च एमोलेड स्क्रिनले परिष्कृतता र शैलीलाई बढाउँछ ।

भिभो भि४० सिरिज तपाईंको स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्‍याउन डिजाइन गरिएको छ, जसमा जाइस् पावर्ड क्यामेरा र एआई प्रवद्र्धित आधुनिक क्यामेरा फिचरहरू समावेश छन्। यो सिरिज नेपालभर आधिकारिक रिटेल स्टोरहरू र दराजमा उपलब्ध छ, जसले ग्राहकहरूलाई सहज र सुविधाजनक पहुँच प्रदान गर्दछ । भिभोको ०% ईएमआई सुविधासहित, नवप्रवर्तन पहिले कहिल्यै यति सरल र पहुँचयोग्य भएको थिएन ।

अग्रणी ८० वाटको फ्ल्यास चार्ज प्रविधि र सक्षम प्रदर्शनसहित, यो उपकरणले चाहे तपाईं वेब ब्राउज गर्दै हुनुहुन्छ, भिडियो स्ट्रिमिङ गर्दै हुनुहुन्छ, वा गेमिङ गर्दै हुनुहुन्छ एक निर्बाध प्रयोगकर्ता अनुभव सुनिश्चित गर्दछ ।

पर्याप्त ५००० एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले कुनै चिन्ता नगरी दिनभरि निर्बाध प्रयोगको आनन्द लिन सक्छन् । टाइटेनियम सिल्भर र एमराल्ड ग्रिन जस्ता स्टाइलिश रङहरूमा उपलब्ध, भिभोे भी४० लाईटले किफायती र गुणस्तर बिचको सही सन्तुलन प्रदान गर्दछ, जसले यसलाई मध्य–दायरामा उत्कृष्ट विकल्प बनाउँछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...