back

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको छ । समाजले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सोमबार दर्ता प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरिएको सो समाजको उपाध्यक्षमा गोरखापत्रका डिजिटल प्रमुख एवं निमित्त कार्यकारी सम्पादक नारदमुनि गौतम, नेपाल टेलिभिजनका समाचार सम्पादक सलोजा दाहाल रहेका छन ।

यसैगरी महासचिवमा नेपाल समाचारपत्र दैनिकका राजनीतिक ब्युरो प्रमुख एवं देशको आवाज डटकमका प्रधानसम्पादक जीवन शर्मा, सचिवमा खबरडबली डटकमका समाचार सम्पादक मनोजकुमार भट्टराई, कोषाध्यक्षमा सेभेनस्टार फोर के टेलिभिजनका प्रबन्ध निर्देशक जानुका बराल रहेका छन् ।

सदस्यहरूमा हिमालय टाइम्स दैनिकका उपसम्पादक विनोद दाहाल, राससका उपसम्पादक कुम्भराज राई, सुभाना मिडियाका सञ्चालकर सम्पादक शिवबहादुर विक –मिलन), स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष समेत रहेका गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, सुनकोसी सन्देशका प्रधान सम्पादक युवराज पहाडी, आदर्शखबरका अध्यक्ष तथा सञ्चालक टीकादास श्रेष्ठ र थाहा खबर डटकमका संवाददाता श्याम राई रहेका छन् ।

यस समाजको सल्लाहकारमा हिमालय टाइम्स दैनिककाका प्रधान सम्पादक बरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबाहक अध्यक्ष तथा साँघु साप्ताहिकका संस्थापक गोपाल बुढाथोकी र नेपाल पत्रकार महासङ्घका निवर्तमान कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई राखिएको अध्यक्ष चेतनाथ धमलाले जानकारी दिए ।

ओखलढुङ्गाको पत्रकारिता क्षेत्रको विकास, अग्रज पत्रकारलाई सम्मान र अनुज पत्रकारहरूको श्रीवृद्धिकालागी आवश्यक सहयोग गर्ने,ओखलढुङ्गा जिल्लाबाट काठमाडौँ लगायतका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकाकार गरी जिल्लाका विभिन्न एजेन्डामा बहस पैरवी गर्ने, खोजअनुसन्धानका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ समाजको स्थापना गरिएको संस्थाका महासचिव जीवन शर्माले बताए ।

समाजले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना, विधागत पत्रकारिता पुस्कार प्रदान लगायतका उदेश्य समेत राखेको छ ।

यस समाजले आफ्ना उद्देश्यअनुसारका गतिविधिलाई अघि बढाउन ओखलढुङ्गा स्थायी घर भएर काठमाडौँलगायत अन्यत्र कर्मथलो बनाएका पत्रकारहरूसँग आवश्यक छलफल गर्ने तयारी गरेको बताइएको छ । संस्था स्थापनार्थ भेलामा उपस्थित पत्रकारहरू स्वतः संस्थापक रहने समाजको विधानमा व्यवस्था गरिएको छ ।

ओखलढुङ्गाबाट काठमाडौं आई पेशामा क्रियाशिल पत्रकारहरुको संख्या करिव १०० को हाराहारीमा रहेको समाजले जनाएको छ । पहिलो चरणमा ती पत्रकारहरुको तथ्यांक संकलन गरी बृहत्त भेला गर्ने योजना रहेको अध्यक्ष धमलाले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...