आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर
वि.सं.२०८१ माघ १ मंगलवार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमा योजनाहरूमा लागू हुने नयाँ बोनसदर सार्वजनिक गरेको छ।
कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्कीय प्रतिवेदनपछि सावधिकसीमित अवधि भुक्तानी बाल सावधिक लगायतका बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रति हजारका दरले बोनस दिने घोषणा गरेको हो।
सामूहिक सावधिक योजनामा ३२ देखि ७५ रुपैयाँसम्म, सावधिक तथा आजीवन योजनामा ३२ देखि ८० रुपैयाँसम्म, र अग्रिम भुक्तानी योजनामा ३० देखि ६३ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ।
कम्पनीको बाल उमंग र बाल किरण योजनामा बीमालेख अवधिअनुसार क्रमशः ३० देखि ६५ रुपैयाँ र ३० देखि ६० रुपैयाँसम्म बोनस पाउन सकिने छ।
प्रकाशित समय : १२:०१ बजे





















