back

इसेवाको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।   नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कम्पनीको सभामा आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गर्दै पारित गरिएको छ । यसका साथै, नगद लाभांश वितरणका विषयमा पनि निर्णय गरियो।

मोबाइल टपअप सेवा मार्फत सुरु भएको इसेवाले हाल दुई हजार भन्दा बढी सेवाहरू, जस्तै बिजुली र खानेपानी महसुल, हवाइजहाज र बस टिकट, स्कुल कलेज शुल्क, ब्लूबुक नविकरण, र इन्स्योरेन्स शुल्क भुक्तानीजस्ता सेवा प्रदान गरिरहेको छ। इसेवाका प्रयोगकर्ताहरू १ करोड ३० लाख नाघिसकेका छन् भने करिब २ लाख ८० हजार एजेन्टहरूले सेवा उपलब्ध गराइरहेका छन्।

कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री र कार्यकारी प्रमुख जगदीश खड्काले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थप्ने योजना प्रस्तुत गरे।

खड्काले इसेवाले निर्देशनअनुसार सीमित विद्युतीय कारोबारको सुविधा सुरु गरेको र निकट भविष्यमा बचत तथा लगानी जस्ता सेवाहरू थप्ने लक्ष्य रहेको जानकारी दिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...