आज सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ १ मंगलवार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको मंगलबार घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको हो ।
प्रकाशित समय : ११:०५ बजे





















