back

माघ ११ देखिसुरु हुने विराट एक्स्पोमा रोजगार कोशी पेभिलियन, बेरोजगार र रोजगारदाताबीच हुनेछ जमघट

काठमाडौं । माघ दोस्रो साताबाट सुरु हुने विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायीलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएको छ ।

माघ ११ देखि २० गतेसम्म यहाँको डिग्री कलेजको मैदानमा हुने आठौं सस्करणको विराट एक्स्पोले यस्तो अवसर जुटाउने भएको हो ।

जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सिलिङ गरेर प्रमाणपत्र दिनदेखि करियरको मार्गवृत्तिको अवस्था देखाउँदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने एक्स्पोको लक्ष्य छ ।

एक्स्पोले आईएलओले विकास गरेको अन्तर्राष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरिएको एक्स्पोका सञ्चार विभाग प्रमुख तथा उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।

त्यसका लागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षिक प्रमाणपत्र र सिप बोकेर रोजगारीका लागि भौतारिएका युवायुवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सिर्जना गर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।

एक्स्पोले यसपटक विशेषगरी युवायुवतीहरुलाई उपयुक्त करिअर काउन्सिलिङ गरिनु पर्दछ भन्ने विषयलाई मुख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो ।

यस पेभिलियनमा हस्पिटालिटी, आईटी र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधिमा १८ सय जनालाई प्रत्यक्ष तालीम दिने, प्रमाणपत्र दिने, करियरको मार्गवृत्तिको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

हस्पिटालिटी अन्तरगत बारिस्ठा र त्यसअन्र्तगत कफी बनाउने तालिम, आईटीमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाइल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधिको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ ।

तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फत आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...