सांग्रिला डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारण सभाबाट लाभांस पारित
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैकको आज अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३ सय २ रुपैयाँ ५५ पैसाको ३.६५१६ प्रतिशतले हुन आउने १२ करोड ५२ लाख ८४ हजार ४ सय १७ रुपैयाँ मात्र बराबरको बोनस शेयर पारित गरेको छ ।
सभाले लाभांसको कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९ सय १७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा पुगेको छ ।
साधारण सभाले आ.व.०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।
प्रकाशित समय : १७:३३ बजे





















