नागरिक लगानी कोषको ३०औं वार्षिक साधारण सभा सम्पन्न, सभामा १३ प्रतिशत लाभांश पारित
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोषकोे साधारण सभामा लाभांश पारित भएको छ । कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
सो प्रस्ताव सोमबार सम्पन्न ३०औं वार्षिक साधारण सभाले पारित गरेको हो । कोषले यो वर्ष ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सभामा गत आव २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।
प्रकाशित समय : १७:११ बजे





















