सुनको भाउ सामान्य बड्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो कारोबार दिन आइतबार १६०० रुपैंयाले बढेको सुनको भाउ आज १०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ५५ हजार ८०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय : ११:३५ बजे





















