ज्योति क्यापिटलले ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने
वि.सं.२०८१ पुस २८ आइतवार
काठमाडौं । ज्योति क्यापिटलको दोश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुष २६ गते सम्पन्न भएको छ ।
सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाले २०८१/०८२ को लागि श्री पिएलआरजि एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।
प्रकाशित समय : ११:२३ बजे





















