back

नेशनल लाइफका ४०० भन्दा बढि अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

nactional life

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ ।

तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो ।

कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल वि।के। नायकको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरु जे। सेन, श्री मिहिर गोस्वामी, श्री अनिरवन शाह लगाएतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कलेजका प्रिन्सिपल वि।के। नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागिहरुलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरुलाई नेपाल बाट इण्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्वन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडी बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक श्री अनिरवन शाहले बिजनेश कन्ट्यूनिटी साईकल का सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरुको रुची, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्रि गर्ने र विक्रि पश्चात पनि आफ्ना ग्राहकहरुसंग सँधै सम्वन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान राखेको थिए ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागि भएका करिब ४०० जना भन्दा बढि अभिकर्ताहरु र कम्पनीका माकेटिङ कर्मचारीहरुलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरुले तालिम प्रमाण पत्र वितरण गरेका थिए ।

बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डियाको तालिममा सहभागि भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनी प्रति हार्दिक आभारी रहेको सहभागि अभिकर्ताहरुले बताएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१९

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१,...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित

वि.सं.२०८३ जेठ १८ सोमवार १७:५३

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा...

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा बैंकको कार्यालय घेराउ

वि.सं.२०८३ जेठ १८ सोमवार १६:३९

नेपालगञ्ज (बाँके) । कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता...

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड लगानी सुनिश्चित

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार १२:४१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले...