back

सभापोखरी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा बीमाको महत्त्व र आवश्यकताबारे सचेतना जगाउने उद्देश्यले पुस २४ गते स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको उक्त कार्यक्रममा कृषि, पशुपालन, जीवन र सम्पत्ति बीमाका फाइदाहरू तथा बीमाको आवश्यकता लगायतका विषयमा विस्तृत जानकारी आदानप्रदान गरिएको थियो।

कार्यक्रमका सभापति तथा बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले पालिका स्तरमा कृषि अनुदान प्रदान गर्दा बीमा गरेर मात्रै अनुदान प्रदान गरेमा भवितव्य जोखिम पर्दा किसानलाई राहत हुने कुरामा जोड दिए। साथै महर्जनले गाउँपालिका भवनको पनि बीमा गर्न आग्रह गर्दै कृषि बीमामा सरकारले दिएको ८० प्रतिशत अनुदान उपभोग गर्न सुझाव समेत दिए।

कार्यक्रममा बोल्दै अध्यक्ष भीम बहादुर लिम्बूले आगामी दिनमा बीमा कम्पनीसँग सहकार्य गरी बीमालाई अगाढी बढाउने, आगामी दिनमा पालिका भवनको पनि बीमा गर्ने र पालिकाको नीति कार्यक्रममा कृषि बीमा, पशु बीमा, घरको बीमा र जीवन बीमा लगायतका विषयलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी उपाध्यक्ष लक्ष्मी चापागाईँले पालिकामा अलैँची तथा सुन्तलाको बीमाको प्रचुर सम्भावना रहेको बताउदै पालिकाले हालसम्म कृषि अनुदान दिँदा फर्म दर्ता तथा नवीकरण मात्रै हेर्ने गरेकामा अबदेखि बीमा गर्न प्रोत्साहन गर्ने बताइन। साथै उनले आम नागरिकलाई बीमा सम्बन्धी पूर्ण जानकारी लिएर मात्र बीमा गर्न सुझाव व्यक्त गरिन्।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी नपाएको, बीमा किस्ता तिर्न नसक्दा के गर्ने लगायत कृषि, पशुपन्छी र सम्पत्ति बीमा कसरी गर्ने र यसले कस्तो फाइदा पुर्याउँछ भन्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय किसान, व्यवसायी र सर्वसाधारणका साथै बीमा प्राधिरकणका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...