स्वावलम्बन लघुवित्त द्वारा ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण
वि.सं.२०८१ पुस २१ आइतवार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ज्येष्ठ नागरिकहरुको लागि सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
पुस १९ गते एक कार्यक्रमको आयोजना गरी पेप्सीकोला काठमाडौं स्थित ज्येष्ठ नागरिक चौतारी नामक संस्थामा ५० थान कुर्ची हस्तान्तरण गरेको हो ।
संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय चुच्चेपाटी मार्फत उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक चौतारीका राधा आचार्य भट्टको अध्यक्षतामा तथा स्वावलम्बन लघुवित्तका नायब महाप्रवन्धक गोविन्द चापागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्र्दै प्रमुख अतिथि गोबिन्द चापागाँईले सहयोग समाग्रीको उचित सदुपयोग हुने विश्वास सहित आगामी दिनहरुमा पनि वित्तीय संस्थाले यस्ता सहयोगहरु निरन्तर गर्ने बताए ।
बिशिष्ठ अतिथि तथा सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग र सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना ब्यक्त गरे ।
संस्थाले ग्राहक संरक्षण कोषबाट प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत प्रदान गर्ने, गम्भिर प्रकृतिको रोग लागेका बिरामीलाई तथा प्रसुती भएका, आगलागी तथा बाढी पहिरोबाट आवास क्षति भएका सदस्यहरुलाई सहयोग गर्ने, समस्यामा परेका ऋणीहरुको व्यवसायको सुरक्षण एवं पुनस्र्थापना गर्ने तथा ग्राहकहरुको शिक्षा र क्षमता विकासमा उपयोग गर्ने गरेको छ ।
कार्यक्रममा संस्थाका विभागीय प्रबन्धक राजन प्रसाद भट्टराई, सिनामंगल नगर सेवा समाजका अध्यक्ष विजयराज पौडेल, पूर्व अध्यक्ष गोपाल बहादुर तामाङ्ग, ज्येष्ठ नागरिक चौतारीका संयोजक क्षेत्र भुषण दाहाल लगायत स्थानीय बुद्धिजीवीहरु, संस्थाको शाखा कार्यालय चुच्चेपाटी, काठमाडौका कर्मचारीहरु, सदस्यहरुको उपस्थिति रहेको थियो भने ज्येष्ठ नागरिक चौतारीको तर्फबाट गीता कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि। प्रचलित कम्पनी ऐन वमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
प्रकाशित समय : १४:३१ बजे






















