back

युनाइटेड नेपाली डायस्पोरामा नयाँ नेतृत्व

काठमाडौं । प्रवासका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ) को सभापतिमा सोनाम लामा चयन भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा नेपाली मुलका अमेरिकी लामा सर्वसम्मत चयन भएका हुन् । महासचिवमा अष्ट्रेलियाका कुशल केसी चयन भएका छन् । उनी यसअघिको तदर्थ समितिमा कोषाध्यक्ष थिए ।

उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् । यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौंमा सुरु भएको थियो ।

गैर आवासीय नेपाली संघ )एनआरएनए) विभाजित भएपछि एनआरएनएकै अभियन्ताहरुले स्थापना गरेको यूएनडीयो महाधिवेशनमा एनआरएनएकै पूर्वअध्यक्ष शेष घले, अभियन्ता जमुना घले, पूर्वउपाध्यक्ष सोनाम लामालगायत संस्थाको प्रवद्र्धनमा सहयोग गर्दै आएका थिए ।

दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रुपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको संस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।

‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न विषयमा प्यानल डिस्कसन चलाइएको थियो ।

मार्च २०२२ मा काठमाडौंमा गैरआवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको संस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो । महाधिवेशनका लागि विश्वभरबाट प्रवासी नेपालीहरु काठमाडौं आएका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...