कुमारी बैंकको ५० हजार १९ कित्ता संस्थापक शेयर बिक्रिमा
वि.सं.२०८१ पुस १५ सोमवार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले ५० हजार १९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज पुस १५ गतेदेखि ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल, नागपोखरी कुमारी बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौं, टंगालमा पुग्ने गरी आवेदन दिन सक्ने छन् ।
शेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ । म्याद भित्र विद्यमान संस्थापकहरूवाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
प्रकाशित समय : १६:२४ बजे






















