प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग
वि.सं.२०८१ पुस १५ सोमवार
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ ।
आज कम्पनीले एक सूचना जारी गर्दै १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको हो ।
कम्पनीले जारी गरेको सूचना अनुसार उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले न्युनतम स्नातक वा सो सरह योग्यता हासिल गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले पुष २२ गतेसम्म आवश्यक कागजातसहित कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १३:४५ बजे





















