पाँच महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार १७ अर्ब १७ करोड, कुनको कति ?
वि.सं.२०८१ पुस ११ बिहीवार
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ रहेको छ ।
हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ११ लाख ३७ हजार २७२ वटा बीमा पोलिसी जारी गरेर उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
बीमा कम्पनीहरूले मंसिर महिनामा मात्रै २ लाख ४० हजार ३४१ बीमा पोलिसी जारी गरेर ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकमा छ ।
मंसिर मसान्तसम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ ।
दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ । कम्पनीले १ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । तेस्रो नम्बरमा शिखर इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, आइजिआई प्रुड्न्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड, एनएलजीले १ अर्ब १३ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २ करोड, सानिमा जिआईसी इनस्योरेन्सले ९९ करोड ७४ लाख, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख र नेशनल इन्स्योुरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ बुल बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित समय : १३:४७ बजे






















