back

पाँच महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको प्रदेशगत व्यवपार ६६ अर्ब १४ करोड माथि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा जीवन बीमा व्यवसाय गर्ने बीमकहरूकोे विभिन्नबीमालेखहरूबाट संकलन गरेको कुल बीमा शुल्कको प्रदेशगत विवरण सावर्जनिक गरेको छ ।

चालु आवाको पहिलो पाँमहिनामा बीमकहरूको प्रदेशगत व्यापार ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमकहरूले साउनदेखि मंसिर मसान्तसम्ममा १ करोड ३८ लाख ३८ हजार ८७७ बीमा पोलिसी जारी गरेर सो व्यापार गरेको हो ।

बीमकहरूले मंसिर मसान्तसम्ममा सबै भन्दा बढि व्यावसाय बाग्मती प्रदेशमा गरेको छ भने बीमकहरूले सोहि अवधिमा कम व्यावसाय कर्णाली प्रदेशमा गेको छ ।

बीमकहरूले बाग्मती प्रदेशमा २९ लाख ५१ हजार ४०२ बीमा पोलिसी जारी गरेर २८ अर्ब ४० करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ भने कर्णाली प्रदेशमा २ अर्ब ५३ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् ।

यो अवधिमा बीमकहरूले सावधिक जीवन बीमाबाट २० लाख ४१ हजार ६३८ बीमा पोलिसी जारी गरेर २४ अर्ब २९ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । आग्रिम भुक्तानी सावधिक जीवन बीमा १४ अर्ब ४१ करोड ३० लाख, रुपान्तरित सावधिक जीवन बीमाबाट ८ अर्ब ६२ करोड ४५ लाख, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १० अर्ब ४६ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्का आर्जन गरेका हुन् ।

त्यसैगरी सोहि अवधिमा बीमकहरूले वैदेशिक रोजगार म्यादि जीवन बीमा १ अर्ब ३८ करोड १ लाख, आविवन जीवन बीमा १ अर्ब ७६ करोड ९१ लाख, एकल बीमा शुल्क जीवन बीमा २ अर्ब ३३ करोड ५८ लाख, म्यादि जीवन बीमा ५५ करोड ८१ लाख, लघु जीवन बीमा १ अर्ब १९ लाख र अन्य जीवन बीमा १ अर्ब ३० करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको सावर्जनिक तथ्यांकमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...