तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
वि.सं.२०८१ पुस ११ बिहीवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १०:४२ बजे






















