back
himalayan life

दुई करोड बढी लागतमा ‘मध्यपुर महोत्सव’ हुँदै

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट ‘मध्यपुर महोत्सव’ गर्दैछ ।

मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ गर्न लागिएको बताएका छन् ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि महोत्सव गर्न लागिएको हो । २६ वर्षपछि आयोजना गर्न लागिएको महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्द्धन गर्छौं,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राख्ने छौं ।

महोत्सवमा यहाँ विभिन्न २५ प्रकारका नाचहरु महोत्सवमा देखाइने छ भने माटाका भाँडा बनाउने कला प्रदर्शनी पनि हुनेछ ।’ यही पुस १२ देखि हुने ’मध्यपुर महोत्सव’ १४ पुषसम्म संचालन हुनेछ ।

मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रका स्थानीय विद्यालय, सहकारी लगायतको प्रायोजन हो ।’

महोत्सवमा विभिन्न २६ प्रकारका प्रदर्शनी गर्ने तयारी गरेको महोत्सवमा नगरका विभिन्न स्थानमा करिब चारसय स्टल रहने छन् । मेयर श्रेष्ठका अनुसार महोत्सवमा प्रति स्टलको टिकट मूल्य एक हजार रुपैयाँ तोेकिएको छ भने प्रवेश शुल्क निशुल्क छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...