back
himalayan life

सुधारिएको पूर्वाधारले ग्रामीण चीनमा ई–कमर्सको वृद्धि

काठमाडौं । साना गाउँ र टोलहरूमा सुधारिएको पूर्वाधारका कारण ग्रामीण चीनमा ई–कमर्स तीव्र रूपमा फस्टाउँदै गएको छ ।

अहिले ग्रामीण बासिन्दाले अनलाइन सपिङलाई आफ्नो दैनिकीको हिस्सा बनाउन थालेका छन् । सिचुआन प्रान्तको हुआलिन गाउँका बासिन्दा लिउ झुआङकुइ ई–कमर्सले ग्रामीण जीवनमा सहजता ल्याएको बताउँछन् ।

उनी भन्छन, “आजकाल ई–कमर्स लजिस्टिक्स यति सहज छ कि ग्रामीण र शहरी क्षेत्रमा बस्न एउटैजस्तो लाग्छ । हामी मोबाइल फोनमा एउटा क्लिकले सामान किन्न सक्छौं, र यसलाई चाँडै हाम्रो घरमै डेलिभर गरिन्छ ।’

विशाल ग्रामीण क्षेत्रमा सामान समयमै डेलिभर गर्न हुआलिन गाउँले सार्वजनिक मिनीबसहरू प्रयोग गर्ने अनौठो पहल सुरू गरेको छ । हवालिन गाउँको ई–कमर्स डेलिभरी स्टेशनका प्रमुख लिउ वेनमिङ भन्छन, ‘मिनीबसले सामान डेलिभर गर्दा गाउँलेहरूले समयमै सामान प्राप्त गर्न र आफ्नो कृषिजन्य उत्पादन चाँडै बेच्न सक्छन् । यसले गाउँलेहरूलाई सुविधा मात्रै होइन, श्रम र यातायात लागत पनि कम गरेको छ ।’

चीनमा ई–कमर्सलाई आत्मसात गर्दै, धेरै किसानहरू आफ्नो बालीको सिजनबाहेकको समयमा लाइभ–स्ट्रीमिङमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन् । यसले परम्परागत कृषि र आधुनिक प्रविधिलाई एकसाथ ल्याएको छ ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार, गत वर्ष ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री ३४३ अर्ब अमेरिकी डलर नाघेको थियो, जसमा कृषिजन्य उत्पादनहरूको बिक्री ८० अर्ब डलरभन्दा बढी रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

वि.सं.२०८३ असार ८ सोमवार १९:१७

काठमाडौं । स्वागत ट्रेडिङ ग्रुपले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा आफ्नो...

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

वि.सं.२०८३ असार ८ सोमवार ११:४५

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ८ सोमवार ११:४४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ...