गार्डियन माइक्रोको आइपीओ बाँडफाँट, साढे २२ हजारले पाए शेयर
वि.सं.२०८१ पुस ८ सोमवार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको आइपीओ बाँडफाँट भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको थियो।
जसमध्ये ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ ।
उक्त आइपीओमा २२ हजार ५ सय जनाले १०/१० कित्ता दरले आइपीओ हात पारेका हुन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ।
प्रकाशित समय : १७:३२ बजे





















