काठमाडौं डेन्टल हस्पिटलमा नेपाल बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने
वि.सं.२०८१ पुस ८ सोमवार
काठमाडौं । नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि बीच सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई २५ प्रतिशतले छुट हुने भएको छ ।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित समय : १५:१० बजे





















