back

पुस ८ गतेदेखि योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज हुने

काठमाडौं । नेपाल व्याडमिन्टन संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ सन्चालन गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व ब्याडमिन्टन महासंघ व्याडमिन्टन एशियाको स्विकृतीमा तथा नेपाल व्याडमिन्टन संघको आयोजनामा यो च्यालेन्ज काठमाडौं स्थित त्रिपुरेश्वर कभर्डहलमा सन्चालन गरिनेछ ।

पुस ८ गतेदेखि ११ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विश्वका ५ महादेशका २२ वटा देशहरूको सहभागिता रहनेछ । जसमा भारत, अमेरिका, थाईलाण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेशिया, इण्डोनेशिया, इरान, ईटाली, युनाइटेड अरब इमिरेटस, जाम्बिया, युगाण्डा, इंड ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ५ वटा इभेन्ट खेलाईनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ । यस प्रतियोगिताको कुल पुरस्कार राशी अमेरिकी डलर १५००० पन्द्र हजार रहेकोछ । जस्मा विजेता खेलाडीहरुलाई निम्न अनुसारको नगद पुरस्कार अमेरिकी डलरमा वितरण गरिनेछ ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पनि विश्वका ११ वटा देशहरुको सहभागिता रहने छ । जसमा भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेटस् र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ५ वटा इभेन्ट खेलाइनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइज कम्पनी, सिंगापुर रहेको छ । जस्ले उक्त प्रतियोगिताको लागी अमेरिकी डलर १५ हजार सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र व्याडमिन्टन कोट म्याट ४ सेट उपलब्ध गराउनेछ ।

दुबै प्रतियोगिताको आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खर्चको लागी नेपाल व्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद तथा विभिन्न कम्पनीहरुबाट विज्ञापन प्रायोजकहरु, सहयोगी संघ संस्थाहरुबाट सहयोग लिई उक्त प्रतियोगिता संन्चालन गर्न लागेको हो ।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...