गरिमा विकास बैंकको नगद लाभांश घोषणा
वि.सं.२०८१ पुस ५ शुक्रवार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित समय : १३:५५ बजे





















