back

कोरोनाको औषधि 2-deoxy-D-glucose सार्वजनिक, कसरी काम गर्छ ?

nactional life

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरे ।

भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डिसीसीआई) ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो ।

पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्नेछ ।  कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन ।

औषधिको विकास

भारतको नयाँदिल्लीस्थित इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस (आइएनएमएएस) ले टु–डिजी औषधिको विकास गरेको हो ।

हैदरावादस्थित डाक्टर रेड्डीज ल्याबोरेटरिज कम्पनीसँगको सहकार्यमा प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था (डिआरडिओ) को प्रयोगशालामा यो औषधिको विकास गरिएको भारतको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तीमा जनाएको छ ।

कसरी काम गर्दछ  ?

भारत सरकारका अनुसार यो औषधिमा रहेका अणुहरुले कोभिड १९ संक्रमणबाट अस्पताल भर्ना भएका विरामीहरुलाई छिटो निको हुन सहयोग पुर्‍याउने गरेको चिकित्सा परीक्षणका क्रममा देखिएको छ । साथै यो औषधि सेवनबाट कोभिड १९ का विरामीलाई बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकता पनि कम हुन्छ ।

चिकित्सा परीक्षण

अर्को महत्वपूर्ण कुरा भनेको यो औषधि भाइरसले संक्रमित कोषहरुमा जम्मा हुन्छ अनि भाइरल सिन्थेसिस र ऊर्जा उत्पादन बन्द गरेर भाइरसको वृद्धि रोक्दछ । भाइरस संक्रमित कोषहरुमा मात्र यो औषधि गएर जम्मा हुने र संक्रमित कोषहरुमा भाइरसको थप वृद्धि रोक्ने क्षमता भएको हुनाले यो औषधि अद्वितीय भएको भारत सरकारको दाबी छ ।

भारतमा सन् २०२० को अप्रिलमा कोरोना महामारीको पहिलो लहर चलिरहेको बेला इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस र प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाका वैज्ञानिकहरुले यो औषधिको पहिलो क्लिनिकल ट्रायल गरेका थिए । त्यसक्रममा औषधिमा रहेको अणुले कोरोना भाइरसविरुद्ध प्रभावकारी काम गरेको र भाइरसको वृद्धि रोक्न सफल भएको पाइएको थियो ।

त्यसपछि सन् २०२० को मे महिनामा भारतको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संस्थाले कोभिड १९ का विरामीमा टु–डिजी औषधिको दोस्रो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो ।

प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था र यसको औद्योगिक साझेदार डिआरएलले गत वर्षको मे र अक्टोबर महिनाको बीचमा ११० जना कोभिड १९ संक्रमितमा टु–डिजी औषधिको दोस्रो चरणको क्लिनिकल ट्रायल गरे ।

कोभिड विरामीको हालसम्म अस्पतालमा हुने आम उपचारको तुलनामा यो औषधिको प्रयोगबाट बाह्य अक्सिजनमा निर्भरताको दर ११ प्रतिशतले कम हुने अधिकारीहरूले बताएका छन्

दोस्रो चरणको चिकित्सा परीक्षण अन्तरगत पहिलो खण्ड अर्थात् फेज टु–ए भारतका विभिन्न ६ वटा अस्पतालमा र दोस्रो खण्ड फेज टु–बी विभिन्न ११ अस्पतालमा सम्पन्न गरिएको थियो ।

दोस्रो चरणको क्लिनिकल ट्रायल सफल भएसँगै भारतको सर्वोच्च औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरलले तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि गत वर्षको नोभेम्बर २० मा अनुमति दिएको थियो ।

तत् पश्चात् गत डिसेम्बरदेखि मार्चसम्ममा भारतका दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात, राजस्थान, महाराष्ट्र, आन्ध्र प्रदेश, तेलंगाना, कर्नाटक तथा तमिलनाडुका विभिन्न २७ वटा अस्पतालमा भर्ना भएका २ सय २० जना कोभिड १९ का विरामीहरुमा टु–डिजी औषधिको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायल गरिएको थियो ।

दोस्रो चरणको क्लिनिकल ट्रायलमा कोभिड विरामीहरुमा टु–डिजी औषधि कत्तिको सुरक्षित हुन्छ र प्रभावकारी हुन्छ भन्ने परीक्षण गरिएको थियो । त्यक्रममा यो औषधि कोभिड विरामीहरुमा सुरक्षित हुने र औषधि सेवन पश्चात् विरामीहरु रोगका लक्षणहरुको उपचार प्रभावकारी हुनुका साथै निको हुने दरमा उल्लेख्य सुधार आएको प्रमाणित भएको थियो ।

तेस्रो चरणको क्लिनिकल ट्रायलका क्रममा टु–डिजी औषधि प्रयोग गरिएका कोभिड विरामीहरुमा रोगको लक्षणमा सुधार हुने दर उच्च रहेको औषधिको प्रयोगले विरामीलाई बाहिरबाट अक्सिजन दिनुपर्ने आवश्यकतामा समेत कमी आउने देखियो ।

कोभिड विरामीको हालसम्म अस्पतालमा हुने आम उपचारको तुलनामा यो औषधिको प्रयोगबाट बाह्य अक्सिजनमा निर्भरताको दर ११ प्रतिशतले कम हुने र विरामीलाई अक्सिजन थेरापीबाट छिटो बाहिर निकाल्न सकिने पनि क्लिनिकल ट्रायलबाट प्रमाणित भएको थियो ।

युवा तथा प्रौढ अवस्थाका विरामीमा मात्र नभइै ६५ वर्ष माथिका बिरामीहरुमा समेत यो औषधिको प्रयोगले अक्सिजनमा बाह्य निर्भरतामा कमी ल्याएको पाइएको छ ।

भारत सरकारका अनुसार टु–डिजी औषधि जेनेरिक मोलिक्यूलका साथै ग्लुकोजको एनालग भएको हुँदा सजिलै उत्पादन गर्न सकिन्छ र ठूलो परिमाणमा उपलब्ध गराउन सकिन्छ । इण्डियन एक्सप्रेसको सहयोगमा

२०७८ जेठ ४ गते प्रकाशित ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

आर्थिक विशेष: दुई दशक पुरानो कम्पनी ऐन खारेज गरिँदै, डिजिटल युग र स्टार्टअप मैत्री ‘कम्पनी ऐन, २०८३’ ल्याउने तयारी

वि.सं.२०८३ जेठ १५ शुक्रवार १२:३१

काठमाडौँ। नेपाल सरकारले दुई दशकअघि तर्जुमा गरिएको पुरानो कम्पनी ऐन,...