सञ्चालनमा आयो डाटाहब अब्जेक्ट स्टोरेज सेवा, जुनसुकै स्थानबाट सजिलै कनेक्ट गर्न सकिने
वि.सं.२०८१ पुस २ मंगलवार
काठमाडौं । डाटाहब पाइभेट लिमिटेडले नेपालमै पहिलो पटक अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले देशभित्र नै निर्माण भएको पूर्वाधारमा जुनसुकै स्थानबाट सजिलै कनेक्ट गर्न सकिने अब्जेक्ट स्टोरेज सेवा सञ्चालनमा ल्याएको हो। जुन सेवामा विश्व प्रसिद्ध सेक्योरिटी प्रणालीबाट डाटालाई सुरक्षित गरिएको छ ।
कम्पनीका अनुसार आ–आफ्नो डाटाको परिमाणका आधारमा आवश्यकता अनुसार थपघट गरी लिन सकिने यो सेवा विदेशी एस थ्री स्तरीय रहेको र अन्य विदेशी सेवा भन्दा सुलभ, सुरक्षित र भरपर्दो हुनुको साथै न्युन मूल्यमा नै प्राप्त गर्न सकिनेछ ।
स्वदेशमा नै यो सेवा उपलब्ध भएकाले यसबाट विदेशी मुद्रा सञ्चितिका साथै नेपालमा सूचना प्रविधि क्षेत्रमा डाटालाई अझ सुरक्षित र विश्वसनीय बनाउनमा समेत योगदान रहने विश्वास आफूहरूले लिएको कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक विशाल गौतमले बताए ।
नेपालको आफ्नै डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक डाटा हबले विगत १४ वर्षदेखि नेपालमा बैंक तथा वित्त, बीमा, स्वास्थ्य, शिक्षा, सहकारी, सूचना प्रविधि लगायत विभिन्न संघ संस्थाहरूलाई डाटा सेन्टर तथा क्लाउड सेवाहरू तथा रुपन्देहीको बुटवलबाट डिजास्टर रिकभरी सेवा निरन्तर प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १५:५० बजे





















