महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनश कति ?
वि.सं.२०८१ पुस १ सोमवार
काठमडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनी हाल कायम चुक्ता पूँजीको आधारमा कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको हो । घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ।
बैंकको हाल चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ। बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रकाशित समय : १०:२८ बजे





















