शिवम् सिमेन्ट लिमिटेडले घोषणा गर्यो लाभांश
वि.सं.२०८१ पुस १ सोमवार
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँ छ।
यसका साथै सो बैठकले पुस २९ गते, सोमबार, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौँमा साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ। यसर्थ पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रकाशित समय : १०:२४ बजे





















