back

ज्योति समूहबाट पद्म ज्योति ‘अलग’, छुट्टै समूह घोषणा

काठमाडौं । लामो समयदेखि पारिवारिक कलहमा फसेको व्यावसायिक घराना, ज्योति समूहु औपचारिक रूपमा अलग्गिएको छ ।

रूप ज्योति र पद्म ज्योति दाजुभाइबीचको विवादका कारण छुट्टाछुट्टै व्यवसाय सम्हालिरहेको ज्योति समूह आइतबारदेखि औपचारिक रूपमा छुट्टिएको हो ।

उक्त समूहको सदस्यहरूमा मीरा ज्योति, सौरभ ज्योति सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति छन् ।

आइतबार उक्त समूहले नयाँ नाम र लोगो सार्वजनिक गरेको छ । कार्यक्रममा समूहका अध्यक्ष पद्म ज्योतिसँगै अन्य सदस्यहरू समेत उपस्थित थिए । घोषणा सभामा ज्योति समूहलाई पद्म ज्योति नाममा रूपान्तरण गरेको उल्लेख गरिएको छ ।

‘ज्योति समूहलाई पद्म ज्योति समूहमा रूपान्तरण गरी विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । धेरै बाधा र चुनौतीहरू पार गरे तापनि, यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढिरह्यो,’ उक्त समूहले भनेको छ, ‘पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको छ । ज्योति समूहबाट पद्म ज्योति समूहमा परिवर्तनले प्रगति, अनुकूलता र नयाँ अवसरहरूको खोजीमा हाम्रो समर्पण जनाउँदछ ।’

उक्त समूहले विकास र सृजनशीलताको लागि नयाँ अवसरहरू खोज्दै ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तर कायम राख्न प्रतिबद्धता व्यक्त समेत गरेको छ ।

पद्म ज्योति र भाइ डा.रूप ज्योतिबिच ग्राण्डी सिटी अस्पतालको विषयमा विवाद रहँदै आएको थियो । रूप ज्योतिले सञ्चालन गर्दै आएको ग्रान्डी सिटी अस्पताल खाली गराउन पद्म ज्योतिले पटक पटक सार्वजनिक सूचना जारी गर्दै आएका थिए । यो विषय अदालतसम्म पुगे पनि विवाद अझै टुंगिन सकेको छैन ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...