back

एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बिच सहकार्य

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ ।

सहकार्यसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यो सहकार्यको उदेश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको कम्पनीको भनाइ छ ।

नवौँ संस्करणको इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ ।

उक्त कार्यक्रममा डिजिटल विकासलाई बढवा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी आफै पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आईरहेको संस्था हो । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौँ, ।”

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...