सानिमा मिडल तमोर र मकर जितुमाया सुरी हाइड्रोपावरले बोलाए साधारण सभा
वि.सं.२०८१ मंसिर २१ शुक्रवार
काठमाडौं । मकर जितुमाया सुरी र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएका छन् ।
सानिमाले पुस २३ गते साधारण सभा बोलाएको हो । सभा हुने स्थान भने सूचनामा उल्लेख गरिएको छैन ।
सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
यता, मकर जितुमाया सुरीले पनि लाभांश प्रस्ताव नगरी पुस २१ गते साधारण सभा बोलाएको छ । सभा सूर्य इभेन्ट, काठमाडौं धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ४ गतेसम्म सेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभामा कम्पनीहरूको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
प्रकाशित समय : १३:३० बजे






















