युनियन मेवा हाइड्रोले ३५ करोड माथिको आईपीओ निष्कासन गर्ने
वि.सं.२०८१ मंसिर २१ शुक्रवार
काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६ सय ५ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रोको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरी सहमति गरेका हुन्।
युनियन मेवा हाइड्रोले ताप्लेजुङको मिक्वा खोला गाउँपालिकामा रहेको २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।
आईपीओ निष्कासन गर्नको लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
प्रकाशित समय : १४:५६ बजे






















