पाँच कम्पनीले एफपीओ जारी गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग्यो
वि.सं.२०८१ मंसिर २१ शुक्रवार
काठमार्डौ । एफपीओ जारी गर्नका लागि पाँच वटा कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छनु ।
नेसनल लघुवित्त, विन नेपाल, बुटवल पावर कम्पनी, विजय र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरूले एफपीओ जारी गर्न लागेका हुन् ।
नेसनल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६ लाख ६९ हजार ९ सय कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले रहेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्तले १०० रुपैयाँका दरले ५१ हजार २९२५ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
बुटवल पावरले प्रतिकित्ता २०६.३० रुपैयाँमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको हो । कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर जारी गर्न जनाएको छ ।
यता, स्वरोजगार लघुवित्तले १०० रुपैयाँका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित समय : १३:२० बजे






















