back

सहकारी ऐनको उल्लंघनकै कारण हालको समस्या आएको हो : मन्त्री अधिकारी

nactional life

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लंघन भएको कारण समस्याहरु देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘सहकारीका समस्या र यसको समाधानबारे मैंले अनुभुति गरेको छु । हामीले नीति, नियम, विधि, परिधि र कानून सबै बनाउछौं । तर त्यो बनाएर मात्र हुदैँन् । व्यवहारमा कति लागू गर्छौ र आफ्नो कर्तव्यलाई कति पूरा गरेका हुन्छौ, अनुशासनभित्र छौं कि छैनौ भन्ने मुख्य विषयको अध्ययन हुनुपर्छ । सहकारी ऐन २०७४ मा आयो त्यो ऐनभित्र रहेर काम गरेको भए यस्तो समस्या आउने थिएन् । कतै न कतैबाट उल्लंघन भयो र त्यसैको कारणले समस्याहरु देखा परेको हो । त्यसैले जिम्मेवारी के हो, सहकारीको उद्देश्य के हो त्यस अन्तरगत जाने कुरामा कति प्रतिबद्ध छौ, त्यो हेर्नुपर्छ ।’

यस्तै, उनले विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउनुपर्ने भन्दै सहकारीप्रति जुन भ्रम फिजाइएको छ त्यसलाई हटाउन आवश्यक भएको बताए ।

उनले भने, ‘विगतमा भएका कमी कमजोरीलाई ध्यानमा राखेर आगामी योजना गर्नुपर्छ । अहिले सहकारीप्रति जुन भ्रम फिजाइएको छ, यसलाई हामीले सहकारी सहि हो भनेर प्रमाण गर्न अझै बढि लाग्नुपर्ने हुन्छ । सन्देशमूलक तरिकाबाट सबै जनताको बीचमा पु¥याउन जरुरी छ । त्यसकारण हामीले पहिला यतातिर ध्यान दिन जरुरी छ । यसबाट सहकारीमा देखिएका समस्या धेरै मात्रामा हल हुन्छ । हाम्रो प्रचारमा नै कमि भएको छ ।’

यसका साथै, सहकारी राम्रो तरिकाले चल्यो भने मात्र राष्ट्रमा स्थिरता, जनताको आर्थिक अवस्थामा सुधार र व्यवसायिक रुपमा विकास हुनसक्ने भन्दै यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:१६

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ...

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...