सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक : मन्त्री गुरुङ
वि.सं.२०८१ मंसिर १८ मंगलवार
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रियाकार्यक्रमलाई सम्बोधनगर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भावभत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए ।
उनले भने,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्भावभत्काएर दुर्भाभवना फैलाउने कामप्रयत्न गरिराखेको छ । यो चिजचाँहीहाम्रो विकासको लागिबाधक छ । हाम्रो आईटी क्षेत्रको विकासकै लागिपनि यो बाधक छ । यसबाट पनिचुनौतीहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’
उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक रहेको बताए । उनले भने,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सँधै सकारात्मक छ । तथापीनेपालको प्रचलीतकानुन ऐनको कार्यविधिविपरित गएर सञ्चालनहुननदिने विषयमा समेत सरकार सचेत छ ।’
मन्त्री गुरुङले देशमाअहिले सामाजिक सञ्जाल अराजकबन्दै गइरहेको टिप्पणी गरे । सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘हाम्रो देशमा,समाजमाअहिले अराजकभनेकै सामाजिक सञ्जाल रहेको छ ।हामी भन्छौं नि दही जस्तै जमेको विभिधतामाएकताभएकोबाँधिएर बसेको हाम्रो समाजभनेर । सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलतप्रयोगले दहि जस्तो देशमाकागतीनिचोर्ने कामभएको छ । त्यसैले सामाजिक सञ्जालको नियमनएकदमै जरुरी छ ।’
प्रकाशित समय : १४:५० बजे






















